२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पक्राउ पुर्जी जारी हुनासाथ फोन बन्द गरेर भाग्दै गरेका सीईओ पाण्डे समातिएका थिए सिन्धुली बसपार्क नजिकैबाट

अ+ अ-

काठमाडौँ । स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन तथा लिलामी प्रक्रियामा नेपाल सरकारको हक टुटाएको आरोप लागेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पक्राउ पुर्जी जारी हुनासाथ फोन बन्द गरेर फरार भएका थिए । तर, प्रहरीको निगरानी छल्न खोजिरहेका उनलाई अन्ततः सिन्धुली बसपार्क नजिकैबाट नियन्त्रणमा लिइएको खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पाण्डेमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । उनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋण असुली समिति (एलआरसी) का अध्यक्षसमेत रहेका थिए ।

सीआईबीका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको अनुमति खारेज गरेपछि कम्पनीका दूरसञ्चार सेवा सञ्चालनसँग सम्बन्धित सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना, सञ्चालन प्रणाली तथा सञ्जाल नेपाल सरकारको सम्पत्तिका रूपमा आएको थियो । तर, ती सम्पत्तिको व्यवस्थापन तथा लिलामी प्रक्रियाका क्रममा सरकारको हक टुटाउने उद्देश्यसहित काम गरिएको भन्दै अनुसन्धान अघि बढाइएको हो ।

विज्ञप्तिअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८२ फागुन ३ गते प्रकाशित गरेको लिलामी सूचनामा दूरसञ्चार सेवासँग सम्बन्धित उपकरण जडान भएका घर-जग्गा धनीलाई स्मार्टटेलले बुझाउन बाँकी घरभाडा र विद्युत महसुल रकमसमेत खरिदकर्ताले नै व्यहोर्नु पर्ने उल्लेख गरिएको थियो । उक्त शीर्षकमा करिब ४० करोड रुपैयाँ दायित्व देखाइएको छ ।

सीआईबीले सो रकम बैंकले लिलामी प्रक्रियामा संलग्न पक्षबाट असुल गरे पनि सम्बन्धित घरधनी र नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी नगरेको जनाएको छ । ‘उल्लेखित रकमसमेत एकमुष्ट रूपमा बोलकबोल गर्ने पक्षले नै बुझाउनुपर्ने’ भनी सूचना प्रकाशित गरिएको र त्यसपछि पनि सम्बन्धित पक्षलाई भुक्तानी नभएको भन्दै अनुसन्धान अघि बढाइएको हो ।

अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी भएपछि पाण्डे काठमाडौँबाट फरार भएका थिए । प्रहरीका अनुसार उनले प्रयोग गरिरहेको मोबाइल फोनसमेत स्वीच अफ गरेका थिए । त्यसपछि सीआईबीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग समन्वय गरी मदन भण्डारी राजमार्ग क्षेत्रमा सवारी चेकजाँच तीव्र बनाएको थियो ।

सोही क्रममा वैशाख २९ गते राति करिब ८ बजे सिन्धुलीमाढी बसपार्क नजिकै सवारी चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार पाण्डेमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

0 Comments