काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययन तथा प्रतिवेदन तयारीका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ ।
उक्त उपसमितिमा प्रादेशिक सन्तुलन र विषयगत दक्षतालाई ध्यानमा राखिएको बताइएको छ ।
सभापति अशोक चौधरीका अनुसार केवल प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य मात्र नभई सम्बन्धित विषयमा गहिरो अध्ययन गरी व्यावहारिक सुझावसहितको प्रतिवेदन तयार पार्न सक्ने क्षमताका आधारमा सदस्य चयन गरिएको हो ।
नवगठित उपसमितिमा डा. सुजता तामाङ, खगेन्द्र कर्ण, ज्ञानेन्द्र महत, गंगालक्ष्मी अवाल, चन्देश्वर मण्डल, ताहिर अलि बार र प्रेमबहादुर बयक सदस्य रहेका छन् ।
समितिले कृषि तथा वन क्षेत्रसँग सम्बन्धित आवश्यक अध्ययनका लागि भविष्यमा थप उपसमितिहरू पनि गठन गर्दै जाने योजना रहेको जनाएको छ ।
यसैबीच उपसमिति गठनपछि समितिको बैठक १ जेठ बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।







