२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु २१ घाइते

अ+ अ-

इस्लामावाद, (पाकिस्तान)। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु, हुनुका साथै २१ जना घाइते भएको जनाइएको छ । 

 बिहीबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आत्मघाती बमले भरिएको गाडीमा ठोक्किएर विस्फोट भए पछि सुरक्षाकर्मीको मृत्यु भएको र प्रहरीले जनाएको छ ।

बजौर जिल्लाको स्काउट्सको मुख्यालयमा स्थानीय समय अनुसार बेलुका ७:५५ मा विस्फोट भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले  जनाएको छ ।

स्रोतहरूबाट प्राप्त प्रारम्भिक जानकारीका अनुसार, विस्फोटक पदार्थले भरिएको गाडी  स्काउट परिसरको मुख्य गेटमा पुग्दा सुरक्षाकर्मीहरूले यसलाई रोक्ने प्रयास गरे पछि गेट र वरपरका पर्खालहरूलाई क्षति पुग्ने गरी विस्फोट भएको जनाइएको छ ।

विस्फोट पछि, भारी हतियारधारी आतंककारीहरूले गोला बारी गर्दा मुख्यालय भित्र तैनाथ सुरक्षा बलहरूसँग गोलीबारी सुरु भएको स्रोतले जनाएका छन् । 

गोलीबारी कम भए पछि परिसर भित्र उद्धार र निकासी कार्य सुरु गरिएको जनाउँदै अधिकारीहरूले मृतक तथा घाइतेहरूको पहिचान गर्ने प्रक्रिया जारी रहेको बताएका छन् । 

गोली हानाहानको क्रममा धेरै आतंकवादीहरू पनि मारिएको स्रोतहरूले बताएका छन् ।

सुरक्षा बलले यस क्षेत्रमा अपरेसन जारी राखेको कारण क्षतिको प्रकृति र सीमाको अझै पनि मूल्यांकन भइरहेको जनाइएको छ ।  

घाइते सैनिकलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ भने अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । 

0 Comments