काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी ११औँ तहका आयुर्वेद चिकित्सक डा. वासुदेव उपाध्यायलाई दिने निर्णय गरेकी हुन् ।
डा. उपाध्याय यसअघि आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशकका रूपमा कार्यरत थिए ।
यसअघि विभागको निमित्त महानिर्देशकको कार्यभार १०औँ तहका चिकित्सक डा. श्यामबाबु यादव ले सम्हाल्दै आएका थिए ।







