काठमाडौँ । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट र हैरानी दिने तीन जना बिचौलिया पक्राउ परेका छन् ।
यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिन कार्यमा संलग्न रहेको आरोपमा शुक्रबार तीन जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२ का २२ वर्ष अंकित कुमार साह, सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्ष करिब चिन्टु कुमार सिंह र धनुषाधाम नगरपालिका–३ का करिब २१ वर्ष राजेश साह रहेका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ४ बजे यातायात व्यवस्था कार्यालय मुजैलियामा सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा बिचौलियाको काम भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटाइएको थियो । सो क्रममा तीन जनालाई नियन्त्रणमा लिएर हो।
हाल उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







