२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

अ+ अ-

घोराही (दाङ) । यहाँको घोराही उपमहानगरपालिका-२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी छिन् । गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उनी बताउछिन् । छोराछोरीको पढाईदेखि घर खर्च टार्न पनि सहज भएको उनको अनुभव छ ।

कृषि फार्ममा काम पाएपछि पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था नभएको उनले बताइन् । “पहिले हिउँदमा काम नहुँदा घरमै बस्नुपर्थ्यो, तर यहाँ कृषि फार्म खुलेपछि गाउँघरमै काम पाइनुका साथै आम्दानी पनि भइरहेको छ”, उनले भनिन् । हाल मासिक  १४–१५ हजार रुपैयाँ कमाउने गरेको उनको भनाइ छ ।

उनीजस्तै सोही स्थानका अर्का स्थानीय देवा चौधरी पनि गाउँघरमै रोजगारी प्राप्त गर्दा जीविका चलाउन सजिलो भएको बताउछिन् । “घरमा पाँच जनाको परिवार छ, श्रीमान् घर बनाउने काम गर्नुहुन्छ, मैले कृषि फार्ममा काम गर्दै आएको छु, आम्दानी पनि राम्रै भइरहेको छ । जसले गर्दा आफ्नो कमाइले घरखर्च चल्ने र श्रीमान्को कमाइ भने बचत गर्दै आएका छौँ”, उनले भनिन् । 

पछिल्लो समय गाउँघरमै रोजगारी प्राप्त भएपछि उनीजस्तै धेरै कृषि क्षेत्रमा जोडिन थालेका छन् । घोराही उपमहानगरपालिका–२ निमुरियाका हरि जिसीले व्यावसायिक कृषि सञ्चालन गरी  स्थानीयलाई रोजगारी दिलाइ रहेको छ । उमेरले ३७ वर्ष पुगेका जिसीले सुवर्ण कृषि फार्ममार्फत कृषि व्यवसाय गर्दै आएका छन् । 

जग्गा भाडामा लिएर खेती गरी जिसी स्वरोजगार त बनेका छन्, नै अरु ४० जना स्थानीयलाई रोजगारीसमेत दिएका छन् । जिसीले सात वर्ष अघिदेखि सञ्चालन गर्दै आएको फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्नेलगायतका काम पाइने भएपछि स्थानीयलाई पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था छैन । विद्यार्थीसमेत कलेज पढ्दै कमाउँदै गर्न पाएका छन् ।

सात वर्षअघि सात कट्ठा जग्गाबाट सुरु गरेको जिसीको तरकारी खेती अहिले १४ बिघामा फैलिएको छ । आफ्नो एक बिघा र बाँकी जग्गा भाडामा लिएर उनले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । वार्षिक दुई करोड रुपैयाँको कारोबार गर्ने जिसी कामदारको ज्यालामा मात्रै झन्डै एक करोड रुपैयाँ वार्षिक खर्च गर्छन् । 

जिसीले कृषि फार्ममार्फत सिजनअनुसार टमाटर, बोडी, काँक्रा, कोभीलगायतका तरकारी उत्पादन गर्छन् । उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालन गरेका छन् । 

 सानैदेखि तरकारी खेतीप्रति भएको रुचिका कारण व्यावसायिक तरकारी खेतीमा लागेको भन्दै जिसीले भने, “तरकारी खेतीबाट आम्दानी राम्रै छ, उत्पादन भएको तरकारी बिक्रीका लागि बजारमा पसल पनि गरेको छु । जसले गर्दा पसल र फार्म दुवैतिर रोजगारी मिलेको छ ।”

उनले आजभोलि काँक्रा फार्मबाटै १७ रुपैयाँ र टमाटर २८ रुपैयाँ प्रतिकिलोको दरले बिक्री गर्दै आएका छन् । उनले उत्पादन गरेको तरकारी दाङ जिल्लासहित जिल्ला बाहिर बुटवल, कोहलपुर नेपालगन्ज, धनगढी, पोखरा, काठमाडौँसम्म बिक्रीका लागि लैजाने गरिएको छ ।

0 Comments