काठमाडौँ । वरिष्ठ क्लिनिकल साइकोलोजिष्ट पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको नियुक्ति सिफारिस बदर गरिएको छ ।
लोक सेवा आयोगले विज्ञापन नम्बर १७२६०/०८१/८२ (खुला), नेपाल स्वास्थ्य सेवा, विविध समूह, साइकोलोजी उपसमूह, नवौँ तह, वरिष्ठ क्लिनिकल साइकोलोजिष्ट पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवार रामपुकार साहको नियुक्तिको सिफारिस बदर गरेको हो ।
साहविरुद्ध परेको उजुरी उपर छानबिन हुँदा निजको अनुभव नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १५ को उपनियम ३ बमोजिम नपुग्ने देखिएकोले निजको दरखास्त, परीक्षा, अन्तर्वार्ता र नियुक्ति सिफारिस बदर गर्ने र सोही अनुसार प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा लेखी पठाउन आयोगले भनेको छ ।








