काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी लोक सेवा आयोग, हेटौँडा कार्यालयको विज्ञापन नं. १२५०२/०८१-८२ (खुला), न्याय र प्रशासन सेवा, न्याय/सामान्य प्रशासन र लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।
यस्तै आयोगको हेटौँडा कार्यालयको विज्ञापन नं.१२५०४/०८१-८२ (आ.ज.) , न्याय र प्रशासन सेवा, न्याय/सामान्य प्रशासन र लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको पनि वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।









