२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति तथा कार्यक्रम अनुसार नै आगामी बजेट ल्याइने अर्थमन्त्री डा. वाग्लेको दाबी (पुर्णपाठ)

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सरकारको नीति तथा कार्यक्रमसँग पूर्ण रूपमा मेल खाने गरी तयार गरिने बताएका छन् ।

प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नीति तथा कार्यक्रम र विनियोजन विधेयकबीच पूर्ण समन्वय रहेको स्पष्ट पारे । सोही आधारमा आगामी बजेट पनि त्यही दिशामा केन्द्रित हुने उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रभित्रको अनियमित अभ्यासलाई ढाकछोप नगर्न विपक्षी सांसदहरूलाई आग्रह गर्दै श्रमिक, किसान, भूमिहीन तथा सुकुम्वासी जस्ता वञ्चित समूहको आर्थिक अवस्था सुधारमा सरकार केन्द्रित रहने बताए ।

उनले गरिबीलाई निरन्तरता दिने प्रवृत्तिलाई स्वीकार गर्न नसकिने उल्लेख गर्दै त्यस्तो अभ्यास रोक्न सरकार प्रतिबद्ध रहेको बताए ।

वाग्लेले सरकारको नीति तथा कार्यक्रमबारे गलत व्याख्या भइरहेको टिप्पणी गर्दै पछिल्ला राजनीतिक परिवर्तनपछि विकास र सुशासनका एजेन्डामा स्पष्ट रूपान्तरण आएको दाबी गरे । उनले चुनावका क्रममा प्रस्तुत गरिएको प्रतिवद्धतापत्र जनताबाट अनुमोदित भइसकेको उल्लेख गर्दै त्यसैअनुसार सरकार अघि बढ्ने बताए ।

उनले विपक्षीलाई लक्षित गर्दै सरकारका नीति र दस्ताबेजलाई स्वीकार गर्न नसके त्यसका लागि अर्को निर्वाचनसम्म प्रतीक्षा गर्नुपर्ने टिप्पणी समेत गरे ।आगामी वर्षको बजेट आउने बताएका छन् ।

प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबीच पूर्ण रूपमा तालमेल रहेको भन्दै आगामी बजेट पनि त्यही दिशामा हुने बताए ।

उनले निजी उद्यमीको आवरणमा बदमासी गर्नेहरूको बचाउ नगर्दिन विपक्षी सांसदहरूलाई आग्रह गरे । श्रमिक, किसान, भूमिहीन, सुकुम्वासी र अवसरबाट वञ्चित समुदायको आर्थिक हैसियत माथि उठाउने गरी सरकार प्रस्तुत हुने उनले बताए ।

गरिबीको खेती नै गर्ने एउटा ठुलो उद्योग रहेको भन्दै उनले त्यसले निरन्तरता नपाउने स्पष्ट पारे ।

मन्त्री वाग्लेले पुरानै शब्दजालको खोजी गर्नेहरूले सरकारको कार्यक्रममा नयाँ कुरा नभेटेको तर्क गरे । विद्रोहपछि धेरै कुरामा बदलाव भएको र बाचा पत्रमा प्रस्तुत गरेका सय बुँदालाई जनताले अनुमोदन गरेको भन्दै उनले त्यसलाई विशेष ध्यान दिने उल्लेख गरे । उनले सरकारको कार्यक्रमलाई आफ्नै दस्ताबेज बनाउन अर्को चुनाव कुर्न सुझाव दिए । 

पुर्णपाठ :

0 Comments