२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश र स्थानीय तहको अनुदान कटौती भएको विषयमा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश तथा स्थानीय तहमा दिइँदै आएको वित्तीय समानीकरण अनुदान कटौती भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतका सरकारहरूले अपनाउँदै आएको अभ्यासलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको देख्दा आश्चर्य लागेको प्रतिक्रिया दिइन्। उनले वित्तीय संघीयता कार्यान्वयनमा देखिएको यस्तो प्रवृत्तिले प्रणालीगत समस्या उजागर गरेको टिप्पणी गरिन्।

ओलीले नेपालको संविधानको धारा २५१ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने स्पष्ट अधिकार दिएको उल्लेख गर्दै सो संस्थाको स्वायत्ततामाथि हस्तक्षेप भएको जस्तो देखिएको बताइन्।

उनका अनुसार आर्थिक वर्षको अन्त्यमा संघीय सरकारले स्थानीय तहलाई तोकिएको बजेट सीमामा १० देखि २५ प्रतिशतसम्म कटौती गर्दा स्थानीय तहमा सम्पन्न भइसकेका कार्यहरूको भुक्तानीमा समस्या देखिएको छ। यसले सेवा प्रवाहमा समेत असर पारेको उनको भनाइ थियो।

उनले वित्तीय समानीकरण अनुदानलाई संवैधानिक अधिकारको रूपमा स्थापित गरिएको भए पनि व्यवहारमा त्यसको मर्मअनुसार कार्यान्वयन नभएको टिप्पणी गरिन्। सबै नागरिकलाई भौगोलिक र आर्थिक अवस्थाका आधारमा समान न्यूनतम सेवा सुनिश्चित गर्नुपर्ने उद्देश्य कमजोर बन्दै गएको उनले उल्लेख गरिन्।

ओलीले हालको अवस्थाका कारण स्थानीय तहहरू कर्मचारी तलब व्यवस्थापनमै दबाबमा परेको भन्दै संघीय वित्त व्यवस्थापन प्रणालीलाई पुनरावलोकन गर्न सरकारसँग आग्रह गरिन्।

0 Comments