२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको संसद् उपस्थितिबारे अस्पष्टता, ‘उपयुक्त समयमा जवाफ दिने’ संकेत

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा जारी राजनीतिक तनावकाबीच प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा उपस्थित भई सांसदहरूको प्रश्नको जवाफ दिने विषयमा उपयुक्त समय पर्खिने बताएका छन्।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी गराए अनुसार प्रधानमन्त्री शाहले तत्काल होइन, अनुकूल परिस्थितिमा संसद्मा उपस्थित हुने संकेत गरेका हुन्।

संसदमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न माग गर्दै निरन्तर दबाब बढाएपछि सदनको कार्यसूची प्रभावित बनेको छ। यही अवस्थाबीच विपक्षी दलहरूको अवरोध र नाराबाजीका कारण प्रतिनिधिसभा बैठक पटक-पटक प्रभावित हुँदै आएको छ।

सभामुख अर्यालले प्रधानमन्त्रीसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले ‘उपयुक्त समय आएपछि संसद्मा उपस्थित भएर जवाफ दिने’ धारणा राखेको जानकारी समितिका सदस्यहरूलाई दिएका थिए।

यसैबीच, संसद् बैठकमा विपक्षीको अवरोध जारी रहँदा पनि कार्यसूची अघि बढाइएको थियो। सोही क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि दफावार छलफल अघि बढाउने प्रस्ताव प्रस्तुत गरेका थिए। संशोधनहरू निर्णायार्थ पेस भएपछि विधेयक पारित प्रक्रिया सम्पन्न भएको हो।

अवरोधकै बीच प्रतिनिधि सभाले अन्य विधेयकहरूमाथि विचार गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ। जसअनुसार निर्वाचनसम्बन्धी कानुन संशोधन, मतदाता नामावली अद्यावधिक प्रक्रिया तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक अघि बढाउने सहमति बनेको हो।

लगातारको नाराबाजीका कारण संसदीय वातावरण असहज बने पनि बैठकको अर्को कार्यसूची आगामी वैशाख १२ गतेका लागि निर्धारण गरिएको छ।

0 Comments