२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३३८ स्थानीय तहमा भू-उपयोग वर्गीकरणको काम सम्पन्न

अ+ अ-

काठमाडौँ । देशभरका ३३८ स्थानीय तहले भू-उपयोग वर्गीकरणसम्बन्धी कार्य सम्पन्न गरेका छन्। भू-उपयोग योजना निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्यसहित गत चैत मसान्तसम्म उक्त प्रक्रिया पूरा गरिएको जनाइएको छ।

उक्त स्थानीय तहहरूले आवश्यक आधार र मापदण्ड तय गर्नुका साथै नक्सा अद्यावधिक र कित्तागत विवरण तयार गर्ने काम समेत सम्पन्न गरेका छन्।

सरकारी विवरण अनुसार थप १६९ स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक, कित्तागत विवरण संकलन तथा अभिलेखीकरणको काम अघि बढाएका छन्। यद्यपि विभिन्न कारणले ४७ स्थानीय तहमा भने प्रक्रिया प्रारम्भ हुन सकेको छैन।

त्यसैगरी १५ स्थानीय तहले कृषि क्षेत्र निर्धारणसम्बन्धी मापदण्ड तयार गरी आवश्यक विवरण संकलन गरिसकेको जनाइएको छ। हाल १३४ स्थानीय तहमा भू-उपयोग वर्गीकरणका लागि आवश्यक मापदण्ड निर्माण र नक्सा अद्यावधिकको काम जारी रहेको छ भने ५० स्थानीय तह आधार तथा मापदण्ड तयार गर्ने चरणमा रहेका छन्।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले भू-उपयोगसम्बन्धी कानुनी व्यवस्थाअनुसार स्थानीय तहलाई भूमि वर्गीकरण गर्ने अधिकार प्रदान गरिएको जानकारी दिएका छन्।

मन्त्रालयका अनुसार कृषि तथा गैरकृषि जग्गाको स्पष्ट वर्गीकरण भएपछि कृषियोग्य जमिन संरक्षण, अनियन्त्रित खण्डीकरण रोकथाम, चक्लाबन्दीमार्फत कृषि उत्पादन वृद्धि तथा खाद्य सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साथै, व्यवस्थित सहरीकरण, सुरक्षित आवास व्यवस्थापन, पूर्वाधार विकास र प्राकृतिक स्रोत संरक्षणसम्बन्धी योजना निर्माणमा समेत यसले आधार प्रदान गर्ने विश्वास गरिएको छ।

स्थानीय तहहरूलाई भू-उपयोग वर्गीकरण सम्पन्न गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्मको समयसीमा निर्धारण गरिएको छ।

0 Comments