२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुन निर्माणमा नागरिक सहभागिता बढाउन डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइने

अ+ अ-

काठमाडौँ । कानुन निर्माण प्रक्रियामा नागरिक सहभागिता विस्तार गर्ने उद्देश्यसहित सरकारले डिजिटल प्रणालीमार्फत सुझाव संकलन गर्ने व्यवस्था अघि बढाएको छ। यस सम्बन्धमा सोबिता गौतमले संसदीय समितिलाई विस्तृत जानकारी गराएकी छन्।

सोमबार बसेको कानुन, न्याय तथा संसदीय समितिको बैठकमा मन्त्री गौतमले मन्त्रालयले विकास गरिरहेको डिजिटल प्लेटफर्मको कार्यविधि र प्रयोग प्रक्रिया प्रस्तुत गरेकी हुन्।

उनका अनुसार मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत विधेयक तथा कानुनी प्रावधानमा प्रत्यक्ष रूपमा सुझाव तथा संशोधन प्रस्ताव पठाउन सकिने व्यवस्था मिलाइएको छ। प्रयोगकर्ताले सम्बन्धित ट्याबमा प्रवेश गरी आवश्यक दफामा सुझाव दिन सक्ने प्रणाली तयार पारिएको उनले बताइन्।

मन्त्री गौतमले नागरिकका लागि कानुन खुला र पहुँचयोग्य बनाउने उद्देश्यले यो पहल गरिएको उल्लेख गर्दै कानुनबारे प्रतिक्रिया तथा संशोधनका प्रस्ताव अब अनलाइनमार्फत सजिलै उपलब्ध हुने जानकारी दिइन्।

सांसदहरूले संसदीय कार्य व्यस्तताका कारण समयमै धारणा राख्न कठिनाइ हुने अवस्था उल्लेख गर्दै आएका सन्दर्भमा यस्तो डिजिटल माध्यम उपयोगी हुने अपेक्षा गरिएको छ। समितिमा उनले संसदीय छलफलमा सीमित समयका कारण सबै विषय एकै पटक उठाउन कठिन हुने गुनासोलाई सम्बोधन गर्न यो प्रणाली सहयोगी हुने बताइन्।

मन्त्रालयले नागरिकलाई सशक्त बनाउने लक्ष्यसहित डिजिटल सेवा विस्तारलाई प्राथमिकता दिएको पनि उनले उल्लेख गरिन्। उनका अनुसार मन्त्रालयका सूचना तथा गतिविधि सामाजिक सञ्जालमार्फत पनि निरन्तर अद्यावधिक गरिँदै आएको छ।

नयाँ प्रणालीअन्तर्गत नागरिकले कुनै पनि विधेयक वा कानुनी प्रावधान अध्ययन गरी आफ्नो सुझाव वा संशोधन प्रस्ताव पठाउन सक्नेछन्। भाषागत जटिलता भए पनि प्राप्त सुझावलाई कानुनी प्रारूपमा रूपान्तरण गर्ने व्यवस्था मन्त्रालयले गर्ने बताइएको छ।

मन्त्री गौतमले सुझाव दिनुअघि सम्बन्धित कानुन अध्ययन गरेर मात्र प्रतिक्रिया दिन नागरिकलाई आग्रह गरेकी छन्।

0 Comments