१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

अ+ अ-

बागमती । बागमती प्रदेश सरकारले तीन दिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यही जेठ १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री बानियाँको अध्यक्षतामा प्रदेशसभाका सभामुख, प्रदेश सरकारका सबै मन्त्री, प्रतिपक्षी दलका नेता, उपसभामुख, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुख र नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सदस्य रहने गरी प्रदेशस्तरीय गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्दै तीन दिन भव्यतापूर्वक गणतन्त्र दिवस मनाउने निर्णय गरेको प्रदेश सरकार प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।

गणतन्त्र दिवसको अवसरमा जेठ १३ गते ‘गणतन्त्र स्थापनाको १८ वर्ष: कार्यान्वयन र चुनौती’ विषयक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता, जेठ १४ गते सार्वजनिक रक्तदान, नि:शुल्क स्वास्थ्य शिविर र वृक्षारोपण कार्यक्रम र जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा प्रदेशस्तरीय मूल समारोह आयोजना गरिने निर्णय भएको मन्त्री तामाङले बताए ।

यस वर्षको ‘गणतन्त्र दिवस २०८३’ को अवसरमा चार उत्कृष्ट पत्रकारलाई जनही रु. ५० हजार नगदसहित पुरस्कृत गर्ने निर्णयसमेत भएको जनाइएको छ ।

0 Comments