२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल सरकारका प्राथमिक प्राथमिकतामा सहकार्य विस्तार गर्ने युरोपेली प्रतिनिधिमण्डलको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । युरोपेली प्रतिनिधिमण्डलले नेपाल सरकारका सुशासन प्रवर्द्धन, आर्थिक विस्तार र रोजगारी सिर्जना जस्ता प्रमुख प्राथमिकतासँग सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिमण्डलले आफ्नो नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेको जानकारी दिएको हो। टोलीले प्रधानमन्त्री वालेन्द्र शाह, परराष्ट्र मन्त्री शिशिर खनाल तथा पर्यटन मन्त्री खडकराज पौडेल लगायतसँग छलफल गरेको थियो।

प्रतिनिधिमण्डलका अनुसार नेपाल र युरोपबीचको जनस्तरीय सम्बन्ध पछिल्ला वर्षहरूमा क्रमशः मजबुत हुँदै गएको छ। नेपाली विद्यार्थी तथा श्रमिकहरूको युरोपतर्फको आकर्षण बढ्दै गएको उल्लेख गर्दै यसले दीर्घकालीन रूपमा द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।

टोली प्रमुख भेरोनिक लोरेन्जे ले शिक्षा क्षेत्रमा युरोपप्रति नेपाली विद्यार्थीको रुचि उल्लेखनीय रूपमा बढेको बताइन्। उनले स्नातकोत्तर अध्ययनका लागि ‘इरास्मस’ कार्यक्रमलाई महत्वपूर्ण अवसरका रूपमा लिँदै छात्रवृत्तिबिना पनि युरोप जाने विद्यार्थीको संख्या बढिरहेको जानकारी दिइन्।

प्रतिनिधिमण्डलले हालै सार्वजनिक गरिएको पर्यटन रणनीतिपछि नेपालमा पर्यटन क्षेत्रमा थप सक्रियता र ऊर्जा देखिएको उल्लेख गरेको छ। यस सन्दर्भमा नेपाल पर्यटन बोर्ड लगायत सम्बन्धित निकायहरू प्रवर्द्धनात्मक गतिविधिमा सक्रिय रहेको पनि जनाइएको छ।

युरोपेली पक्षले पर्यटन विकासका क्षेत्रमा आफ्नो अनुभव र प्राविधिक ज्ञान नेपालसँग आदानप्रदान गर्न सकिने धारणा राख्दै आगामी दिनमा शिक्षा, पर्यटन, आर्थिक विकास तथा जनस्तरको सम्बन्ध विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

0 Comments