२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० जना नासुको सरुवा, सिंहदरबार केन्द्रित कर्मचारी नेता पठाइए ताप्लेजुङदेखि डोल्पासम्म

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले २० जना नायब सुब्बा (नासु) को सरुवा गरेको छ । केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा खटाइएका ती नासुहरूलाई मन्त्रालयले मंगलबार ताप्लेजुङदेखि डोल्पासम्मका जिल्लामा खटाएको हो ।

सरुवा गरिएकामध्ये अधिकांश कर्मचारी ट्रेड युनियन गतिविधिमा आबद्ध तथा लामो समयदेखि सिंहदरबार र आसपासका कार्यालयमा कार्यरत कर्मचारी रहेको कर्मचारी वृत्तमा चर्चा छ । ती कर्मचारीमध्ये केही लामो समयदेखि उपत्यकाभित्रै केन्द्रित रहेर कार्यरत थिए ।

वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठनपछि पहिलो चरणमै ट्रेड युनियन संरचना खारेज गर्ने निर्णय गरिएको थियो । त्यसपछि ट्रेड युनियन गतिविधिमा संलग्न कर्मचारीहरूलाई उपत्यकाबाहिरका कार्यालयमा खटाउने क्रम अघि बढाइएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतको भनाई छ ।

यसरी खटाइएकामध्ये सिमित कर्मचारीले काठमाडौँमै रहेर तोकिएको कार्यालयमा जिम्मेवारी निर्वाह गरिरहेका थिए भने अधिकांश कर्मचारी संगठनात्मक गतिविधिमा बढी सक्रिय रहेको चर्चा कर्मचारी वृत्तमा हुने गरेको छ ।

आफूलाई भनेकै कार्यालयमा भनेजति नै अवधि राखिनुपर्ने माग गर्दै उच्च तहसम्म पहुँच विस्तार गर्ने मात्रै होइन, एकल आन्दोलन नै गर्नतिर लाग्नेहरुकै कारण कर्मचारी प्रशासन प्रणालीमाथि प्रश्न उठ्ने गरेको भन्दै कर्मचारी वृत्तमा चर्चा हुने गरेको छ । यस्तै गतिविधिका कारण ट्रेड युनियन चरम आलोचनाको विषय बन्न पुगेको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारीहरूले समेत स्वीकार गर्दै आएका छन् ।

यसैबीच, कतिपय ट्रेड युनियनकर्मी नेताहरुले पदीय हैसियत भन्दा धेरै सम्पत्ति जोडेको विषय पनि निजामतीमा चर्चामा रहँदै आएको छ । निम्न तहकै कर्मचारीको राजधानीमा घर घडेरी देखि लाखौं बैंक ब्यालेन्सको विषयमा यतिबेला पुन: चर्चामा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार केही कर्मचारीले सरुवामै पैशा असुलेको र अकुत सम्पत्ति जोडेकोलगायत स्वाभाविक सम्पत्ति आर्जन गरेको विषयमा सूक्ष्म अध्ययन भइरहेको छ ।

0 Comments