२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु, तीन घाइते

अ+ अ-

नवलपरासी ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । 

दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ घर भई हाल नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही २६ वर्षीय दिनेश गिरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तपूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लुप्र ०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । ठक्करपछि सडकमा पल्टिएको बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकलका चालक नेपाली सेनाका सिपाही दिनेश गिरीलाई पछाडिबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

दुर्घटनामा गम्भीर चोट लागेका गिरीलाई उपचारका लागि देवचुली नगर अस्पताल दुम्कौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा लुप्र ०१–०११ प ९९९१ नम्बरको मोटरसाइकलका चालक रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ का ३४ वर्षीय रोहन पन्थी, सोही मोटरसाइकलमा पछाडि सवार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का २५ वर्षीय अमृत आचार्य र बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकलमा पछाडि सवार रामेछापको मन्थली नगरपालिका–७ का २६ वर्षीय डम्बरबहादुर माझी घाइते भएको प्रहरीले जनाएको छ । घाइते माझी पनि नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

0 Comments