काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी स्थापना दिवसका अवसरमा बिहीबार विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार चाबहिलस्थित केन्द्रीय कार्यालयमा झन्डोत्तोलन तथा शुभकामना आदानप्रदान कार्यक्रममार्फत स्थापना दिवस मनाइनेछ।
राप्रपा स्थापना भएको ३६ वर्ष पूरा भएर नयाँ वर्षमा प्रवेश गर्ने अवसरमा बिहान ९ बजे कार्यक्रम तय गरिएको उनले जानकारी दिए।
पार्टीले स्थापना दिवस कार्यक्रममा वरिष्ठ नेता, पदाधिकारी, कार्यकर्ता तथा शुभेच्छुकलाई उपस्थितिका लागि आग्रह गरेको छ।







