२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार, सोमबार अस्पतालबाट डिस्चार्ज हुने सम्भावना

अ+ अ-

काठमाडौँ । उपचारका लागि अस्पतालमा भर्ना भएका नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्थामा सुधार देखिएको चिकित्सकहरूले बताएका छन्।

उपचारमा संलग्न चिकित्सकहरूले परिवारका सदस्य तथा पार्टी नेतृत्वलाई दिएको जानकारीअनुसार स्वास्थ्य अवस्था सकारात्मक दिशातर्फ अघि बढिरहेको छ। सुधारको यही क्रम कायम रहेमा उनलाई सोमबार अस्पतालबाट घर फर्काउने सम्भावना रहेको जनाइएको छ।

दाहाललाई शनिवार बिहान मेडिसिटी अस्पताल मा भर्ना गरिएको थियो। केही दिनदेखि ज्वरोको समस्या देखिएपछि गरिएको स्वास्थ्य परीक्षणमा सामान्य प्रकृतिको निमोनिया पुष्टि भएको र चिकित्सकको सल्लाहअनुसार अस्पतालमै राखेर उपचार सुरु गरिएको थियो।

आइतबार बिहान अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका नेपाल कम्युनिस्ट पार्टीका नेता माधव सापकोटा ले चिकित्सकहरूको मूल्यांकन उद्धृत गर्दै स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको बताएका छन्। उनका अनुसार चिकित्सकहरूले उपचारको प्रगति सन्तोषजनक रहेको र अवस्था यथावत् सुधारोन्मुख रहेमा छिट्टै डिस्चार्ज गर्न सकिने बताएका छन्।

दाहाल सुदूरपश्चिम प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भएर जेठ ८ गते फर्किएपछि अस्वस्थ महसुस गर्न थालेका थिए। त्यसपछि स्वास्थ्य परीक्षण गराउँदा निमोनियाको प्रारम्भिक अवस्था देखिएपछि अस्पताल भर्ना गरी उपचार थालिएको हो।

0 Comments