२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइप्रति काँग्रेस सचेतक राईको आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा व्यक्त गरेको नेपाल-भारत सीमा सम्बन्धी धारणा तथ्यमा आधारित नभएको बताएका छन्।

उनले यस्ता विषयमा पर्याप्त प्रमाण र आधारसहित मात्रै सार्वजनिक अभिव्यक्ति आउनुपर्ने धारणा राखेका छन्।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले प्रधानमन्त्रीले सार्वभौम संसद्को मञ्चबाट गरेको टिप्पणीले तथ्यगत पुष्टि खोज्ने अवस्था सिर्जना गरेको बताए। उनका अनुसार यदि नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने दाबी गरिएको हो भने त्यसलाई स्पष्ट स्थान र प्रमाणसहित प्रस्तुत गर्न आवश्यक हुन्छ।

उनले संसदमा प्रधानमन्त्रीबाट तथ्य पुष्टि नभएको विषय उठाइनु उपयुक्त नहुने उल्लेख गर्दै उक्त अभिव्यक्तिप्रति असहमति जनाए। राष्ट्रिय महत्वका विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले तथ्यमा आधारित र सन्तुलित धारणा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो।

राईले राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले व्यक्त गरेको धारणा पनि पर्याप्त परिपक्व र विवेकपूर्ण नरहेको टिप्पणी गरे। संवैधानिक निकायका विषयमा बोल्दा थप सावधानी आवश्यक पर्ने उनको धारणा छ।

त्यसैगरी, उनले संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले अपेक्षाअनुसार स्पष्ट र सन्तोषजनक उत्तर दिन नसकेको दाबी गरे। संसद् सरकारलाई जबाफदेही बनाउने प्रमुख थलो भएकाले उठाइएका जिज्ञासाको तथ्यपरक र स्पष्ट सम्बोधन हुनुपर्नेमा उनले जोड दिए।

0 Comments