२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्‌मा विपक्षीको वेल घेराउ र नाराबाजी, बैठक स्थगित

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा नियमावलीको मस्यौदामाथि दर्ता भएका संशोधन प्रस्तावहरूलाई संसदीय समितिमा पठाउनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

बैठकका क्रममा नियमावली संशोधनसँग सम्बन्धित प्रस्तावहरूमाथि छलफल अघि बढाउने विषयमा विपक्षी सांसदहरूले असहमति जनाएका थिए। उनीहरूको माग संशोधन प्रस्तावहरूलाई थप अध्ययन र छलफलका लागि विषयगत समितिमा पठाउनुपर्ने रहेको थियो।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संशोधनहरूलाई सम्बन्धित समितिमा पठाएर विस्तृत छलफल गरिनुपर्ने धारणा राखेकी थिइन्। विपक्षी दलका अन्य सांसदहरूले पनि उक्त प्रस्तावमा समर्थन जनाएका थिए।

तर सभामुख डोलप्रसाद अर्यालले संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया अघि बढाए। उनले प्रस्तावहरूमाथि सदनको मत लिने प्रक्रिया प्रारम्भ गरेपछि विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै संसद्को वेलमा पुगेर घेराउ गरेका थिए।

विरोधका क्रममा सांसदहरूले नाराबाजी गर्दै बहुमतको बलमा प्रक्रियालाई अघि बढाउन खोजिएको आरोप लगाएका थिए। स्थिति तनावपूर्ण बनेपछि एक विपक्षी सांसद सभामुखको आसनतर्फ जान खोजे पनि मर्यादा पालकहरूले उनलाई रोकेको जनाइएको छ।

सभामुख अर्यालले पटक-पटक सांसदहरूलाई सदनको मर्यादा कायम राख्न आग्रह गरेका थिए। तर अवरोध जारी रहेपछि बैठक तत्कालका लागि १५ मिनेट स्थगित गरिएको छ।

0 Comments