२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झलनाथ खनालले भने–‘राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँग सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले आइतबार संसदमा दिएको अभिव्यक्ति खतरनाक रहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले प्रधानमन्त्री बालेनको अभिव्यक्ति राष्ट्रविरोधी रहेको र यस्ता अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका हुन्।

प्रधानमन्त्री शाहले ‘नेपालले भारतको जग्गा मिचेको छ’ भनी दिएको अभिव्यक्ति खतरनाक, अत्यन्त गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी भएको खनालको भनाइ छ । ‘उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको हो?’, खनालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उक्त अभिव्यक्तिले देशभित्र र बाहिर रहेका तीन करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको छ । राष्ट्रविरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन ।’

उनले यो विषयमा प्रधानमन्त्री शाहले माफी नमागेसम्म विरोध र भर्त्सना गर्न सबैलाई आग्रहसमेत गरेका छन् । त्यस्तै, यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन उनको माग छ ।

0 Comments