२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

अ+ अ-

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट भइरहेका छन् । हालसम्म सबै मन्त्रालयबाट ११ हजार २६२ वटा आयोजना प्रविष्ट गरिएको र नौ सय ३० वटा आयोजना प्रक्रियामा गएका जनाइएको छ । 

ती योजनामध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका दुई हजार ६२ आयोजना प्रविष्ट गरिएका जनाइएको छ । 

आगामी वर्षका लागि स्थानीय सरकार हुँदै प्रदेशको विषयगत मन्त्रालयबाट प्रदेश योजना आयोगसम्म दुई हजार ६२ वटा विभिन्न आयोजना प्रविष्ट गरिएका उक्त मन्त्रालयले जनाएको छ । 

सरकारको नीतिअनुसार १० जिल्ला तथा ७९ वटा पालिकाबाट आएका योजना प्रदेश योजना आयोगमा प्रविष्ट भएपछि मात्र कार्यान्वयनमा जाने गर्छन् । 

आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट भाषण गर्नुपूर्व यसरी प्रविष्ट गरिएका सम्बन्धित मन्त्रालयले योजना आयोगमा प्रस्ताव गरेका योजनाको विवरण सार्वजनिक गर्नुपर्ने अभ्यास रहेको छ । 

कर्णाली प्रदेशको सबैभन्दा बढी बजेट पाउने र कार्यान्वयन गर्ने मन्त्रालयमध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रहेको छ । मन्त्रालयले दुई हजार ६२ वटा भौतिक पूर्वाधार क्षेत्रका आयोजनाहरू योजना बैंकमा प्रविष्ट गरेर सार्वजनिक गरेको हो । 

योजना आयोगका उपाध्यक्ष अशोकनाथ योगीले आयोजना बैंकमा प्रविष्ट भएकामध्ये दश हजार ३३२ आयोजना आगामी दिनमा कार्यान्वयन हुँदै जाने जानकारी दिए ।  

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बजेट निर्माणलाई सहज बनाउन योजना बैंकमा आयोजना प्रविष्ट गराएर प्राथमिकताका आधारमा छनोट गर्ने काम भइरहेको बताएका छन् । उनले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सबै तहका सरकार तथा सरोकार भएकाहरूबीच साझा बुझाइ, समन्वय र सहकार्य आवश्यक रहेको बताए । 

0 Comments