काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले संसदको आइतबारको बैठकमा सांसदले अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै तीन सदस्य छानबिन समिति गठन गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेका हुन् ।
उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउनु भनिएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा केही सांसदले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक क्षतिसमेत पुर्याउने काम गरेको सभामुखले जानकारी गराएका थिए ।
प्रतिपक्षले आज पनि सदन अवरुद्ध गरेपछि सोमबारका लागि तय भएका बैठकको कार्यसूचीका विषयहरू हटाइएको छ । प्रतिनिधि सभाको अर्को बैठक यही जेठ १९ गते १ बजे बस्नेछ ।







