२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ, लागुऔषध पनि बरामद

अ+ अ-

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रदर्शनका क्रममा चोरी भएको हात्तीको दाह्रा बरामद गर्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्येबाट लागुऔषध पनि फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका व्यक्तिहरूमा तार्केश्वर नगरपालिका-९ मनमैजुका राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका-४ घर भई हाल मनमैजु बस्ने टेकप्रसाद गुरुङ, काठमाडौँ महानगरपालिका-१७ का आयुष महर्जन, बैतडी घर भई टोखा-२ बस्ने पुरन बोहरा तथा गोरखा अजिरकोटका सन्तबहादुर भुजेल रहेका छन्।

प्रहरीका अनुसार मनमैजु क्षेत्रमा हात्तीको दाह्रा बिक्री गर्ने प्रयास भइरहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। प्रारम्भिक अनुसन्धानमा राजिव, आयुष र टेकप्रसादले दाह्रा टुक्रा पारी राजिवको घर नजिकै खाली जग्गामा लुकाएको खुलेको छ।

त्यस क्रममा राजिवको घरबाट दुई टुक्रा हात्तीका दाह्रा र १५० थान ट्रामाडोल ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

पछिल्लो सोधपुछका क्रममा टोखा बस्ने पुरनको संलग्नता देखिएपछि उनलाई पनि नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका क्रममा उनले दाह्राका दुई टुक्रा सन्तबहादुरको कोठामा राखिएको जानकारी दिएका थिए, जसपछि सो कोठाबाट थप दुई टुक्रा दाह्रा फेला परेको हो।

बरामद गरिएको दाह्रा राष्ट्रपति कार्यालयबाट चोरी भएको पुष्टि भएको प्रहरीको दाबी छ। गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा शीतल निवास क्षेत्रमा तोडफोड र आगजनी भएपछि सो सामग्री हराएको थियो।

करिब नौ महिनापछि सो चोरी प्रकरणमा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिइएको र उनीहरूमाथि लागुऔषध सम्बन्धी तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

0 Comments