काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष तथा सदस्य सचिव पदमा नियुक्ति प्रक्रिया अगाडि बढाइएको छ। यसका लागि सम्बन्धित सिफारिस समितिले इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको छ।
समितिले सार्वजनिक सूचनामार्फत तोकिएको म्यादभित्र दरखास्त पेस गर्न आह्वान गर्दै आवेदनका लागि सात दिनको समयावधि निर्धारण गरेको जनाएको छ।
सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गतको प्राविधिक शिक्षा शाखा, सिंहदरबारमा आवश्यक कागजातसहित निवेदन दर्ता गर्नुपर्नेछ।
सीटीईभीटीका उपाध्यक्ष र सदस्य सचिव परिषद्को नीतिगत तथा प्रशासनिक नेतृत्वसँग सम्बन्धित महत्वपूर्ण पद मानिन्छन्। रिक्त रहेका यी पदहरूमा नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।








