२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राकृतिक चिकित्सालाई स्वास्थ्य सेवाको मूलधारमा ल्याउने तयारी, दर्ता प्रक्रियाबारे छलफल

अ+ अ-

होमियोप्याथी र नेचुरोप्याथीलगायत विधाका चिकित्सकलाई परिषद् दर्ताको दायरामा ल्याउने प्रक्रिया अघि बढ्दै

काठमाडौँ । सरकारले प्राकृतिक चिकित्सा अन्तर्गतका होमियोप्याथी, नेचुरोप्याथीलगायत विधामा अध्ययन तथा इन्टर्नसिप पूरा गरेका चिकित्सकहरूलाई औपचारिक रूपमा स्वास्थ्य सेवा प्रणालीभित्र समावेश गर्ने उद्देश्यले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

यसअन्तर्गत सम्बन्धित विषयमा अध्ययन र इन्टर्नसिप पूरा गरेका चिकित्सकहरूलाई आयुर्वेदिक चिकित्सा परिषद्मा दर्ता गर्ने विषयमा प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । उक्त प्रक्रिया पूरा भई कार्यान्वयनमा आएमा ती विधाका चिकित्सकहरूले औपचारिक मान्यता प्राप्त गर्ने तथा स्वास्थ्य सेवाको मूलधारमा आबद्ध भई सेवा प्रवाह गर्न सक्ने अवस्था बन्ने अपेक्षा गरिएको छ ।

सरकारले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न परिषद्हरूको प्रभावकारिता, कार्यसम्पादन र समग्र सुधारका विषयमा अध्ययन गर्न पनि तयारी थालेको छ । यसका लागि स्वास्थ्यसँग सम्बन्धित छ वटा परिषद्, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा प्राकृतिक चिकित्सकहरूको प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने तयारी गरिएको जनाइएको छ ।

प्रस्तावित कार्यदलले परिषद्हरूको संरचना, कार्यक्षेत्र, समन्वय र नियामकीय व्यवस्थासम्बन्धी विषयमा अध्ययन गरी आवश्यक सुझाव दिने अपेक्षा गरिएको छ ।

प्राकृतिक चिकित्सा क्षेत्रमा आबद्ध चिकित्सकहरूले लामो समयदेखि पेशागत मान्यता, दर्ता व्यवस्था तथा स्वास्थ्य सेवामा समान सहभागिताको माग गर्दै आएका छन् । सरकारले अघि बढाएको प्रक्रिया कार्यान्वयनमा आएमा यस क्षेत्रका जनशक्तिलाई संस्थागत रूपमा स्वास्थ्य सेवा प्रणालीमा आबद्ध गर्ने आधार तयार हुने देखिएको छ ।

0 Comments