२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री खनाल नयाँ दिल्ली प्रस्थान, उच्चस्तरीय भेटवार्ता तय

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेश मन्त्री एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा सुरु भएको उक्त भ्रमण आइतबारसम्म जारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेटमा दुई देशबीचको व्यापार, लगानी, ऊर्जा सहकार्य, भौतिक सम्पर्क सञ्जाल विस्तार तथा जनस्तरका सम्बन्धसहित आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल-भारत सम्बन्धको निरन्तर उच्चस्तरीय संवाद प्रक्रियाअन्तर्गत हुने यो भ्रमणले दुई देशबीचको दीर्घकालीन तथा बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउन योगदान पुग्ने विश्वास गरिएको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

भ्रमणका सन्दर्भमा मन्त्री खनालले नागरिकको परिवर्तनप्रतिको अपेक्षा क्रमशः बढ्दै गएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।

यसैबीच, भारतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किने कार्यक्रम रहेको छ।

0 Comments