२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय सवारीसाधनको भन्सार जाँचपास प्रकरणमा अर्थमन्त्रीलाई जोडेकोप्रति सचिवालयको आपत्ति 

अ+ अ-

काठमाडौँ। बजेट घोषणा हुन केही दिनअघि विभिन्न भन्सार नाकाबाट विद्युतीय सवारीसाधनको जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जोड्दै फैलाइएका अफवाह र चरित्रहत्याको प्रयास भएको भन्दै अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ।

अर्थमन्त्रीका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले विज्ञप्ति जारी गर्दै रसुवागढी भन्सार नाकामा भन्सार बिन्दुमै नआएका सवारीसाधनको जाँचपास भएको भन्ने विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले अनुसन्धान गरिरहेको जनाएका छन्।

जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभाग तानिएको उल्लेख गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै, मुस्ताङको कोरला नाकाबाट जाँचपास भएका विद्युतीय सवारीसाधनको विषयमा पनि मन्त्रालयद्वारा गठित छानबिन समितिले स्थलगत अनुसन्धान अघि बढाइरहेको जानकारी दिइएको छ। मन्त्रालय र भन्सार विभागका उपसचिवहरूको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसमेत सहभागी अनुसन्धान टोली फिल्डमै खटिएको विज्ञप्तिमा उल्लेख छ।

प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार छलीको आशंकामा केही सवारीसाधन र आयातकर्ता कम्पनीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको तथा यसको विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्यमा संलग्न केही माथि कानुनी उपचारको प्रक्रिया सुरु गरिसकिएको छ भने केही माथि कानुनी उपचार खोजिने चरणमा छ । अर्थमन्त्री र मन्त्रालयसँग सम्बन्धित विषयमा विचार बनाउँदै गर्दा एक पटक जिम्मेवार अधिकारीसँग सत्यतथ्य सोध्न, अर्थतन्त्र, बजेट, भन्सार जस्ता प्राविधिक विषय र यसको प्रक्रियामा सत्य जानकारी राखिदिन वा तथ्यले पुष्टि गरेर मात्रै समाचार सामाग्री बनाई दिन हामी सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछौँ।’

0 Comments