२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छानबिनपछि सफाइ पाउनेमा आशावादी गुरुङ, पुनः जिम्मेवारी पाए सुरुआती दुई महिना ‘प्रोटोकल गतिविधि’ नहुने 

अ+ अ-

काठमाडौँ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी प्रश्नको छानबिन सहज बनाउनकै लागि आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक पदमा रहेर उठेका प्रश्नहरूको जवाफ दिन आफू पूर्ण रूपमा तयार रहेको उल्लेख गरे। उनका अनुसार छानबिन प्रक्रियामा उनले समितिसमक्ष उपस्थित भई बयान दिइसकेका छन्।

उनले बयानका क्रममा केही प्रश्नहरू कठोर प्रकृतिका भए पनि आफूले स्पष्ट र सहज रूपमा जवाफ दिएको बताए।

छानबिनका क्रममा भएको एक प्रसंगलाई उल्लेख गर्दै उनले हल्का शैलीमा भने, समितिले सम्पत्तिको स्रोतबारे प्रश्न गरेपछि आफूले पनि प्रत्युत्तर स्वरूप उनीहरूको सम्पत्तिबारे जाँच गर्न सकिने टिप्पणी गरेको थिएँ।

उनका अनुसार हाल छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ र आफूले पूर्ण रूपमा निर्दोष ठहरिने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा उनले सम्भावित रूपमा पुनः गृह मन्त्रालयको जिम्मेवारी पाएमा सुरुका दुई महिना मन्त्रालयमा बधाई तथा फोटो खिच्ने प्रयोजनका लागि नआउन अनुरोध गर्ने बताएका छन्। उनले उक्त समयलाई काममा केन्द्रित रहने अवधि बनाउनुपर्ने धारणा राखे।

संगठनात्मक विषयमा बोल्दै उनले रास्वपाको जिल्ला नेतृत्वले जिल्ला केन्द्रित गतिविधि गर्नुपर्नेमा जोड दिए। राजधानीमा बसेर जिल्ला सभापति हुने अभ्यासले स्थानीय स्तरमा प्रभावकारी संगठन निर्माण नहुने उनको भनाइ थियो।

उनले जिल्लाको नेतृत्व जिल्लामै उपस्थित भएर सक्रिय हुनुपर्ने उल्लेख गर्दै आगामी संगठन संरचनामा व्यवहारिक कार्यशैली आवश्यक रहेको बताए।

गोरखा क्षेत्रका मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै उनले निर्वाचनमा प्राप्त समर्थनका लागि धन्यवादसमेत दिए।

0 Comments