काठमाडौँ । रोल्पा नगरपालिका-६ कोटगाउँस्थित दार्बोट-माडीचौर सडकखण्डमा अटो दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् ।
र्बोटबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ५४६४ नम्बरको अटो ब्रेक फेल भई सडकको बायाँतर्फ रहेको भित्तामा ठोक्किँदा चालकसहित ७ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा ३९ वर्षीय कविराम घर्ती मगर (अटो चालक), २८ वर्षीया नानकुमारी विक, १६ वर्षीया बिबिका घर्ती, ५ वर्षीय आशिस घर्ती, २४ वर्षीया दिलकुमारी विक, ७ वर्षीया आशा पुन मगर, ५ वर्षीय एनोज विक रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ।







