२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब २४ अर्बभन्दा बढी विनियोजन

अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेश र स्थानीय तहमा कुल ४ खर्ब २४ अर्ब २७ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि गरिएको यो विनियोजनमा स्थानीय तहलाई सबैभन्दा ठुलो हिस्सा छुट्याइएको छ। उपलब्ध तथ्यांकअनुसार स्थानीय तहका लागि मात्रै ३ खर्ब १४ अर्ब ६२ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी सात प्रदेशका लागि कुल १ खर्ब ९ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ।

स्थानीय तहभित्र महानगरपालिकाका लागि ११ अर्ब ७३ करोड ५५ लाख, उपमहानगरपालिकाका लागि ११ अर्ब ५० करोड ५ लाख, नगरपालिकाका लागि १ खर्ब ३८ अर्ब ६६ करोड ९५ लाख र गाउँपालिकाका लागि १ खर्ब ५२ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको विवरण सार्वजनिक गरिएको छ।

सरकारका अनुसार यो रकम संघीय संरचना अनुसार सेवा प्रवाह, विकास आयोजना तथा स्थानीय तहको आर्थिक सशक्तीकरणलाई सुदृढ बनाउन उपयोग गरिनेछ।

0 Comments