२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पक्ष-विपक्ष नछुट्याई सम्पत्ति छानबिन अघि बढाउने पुर्व गृहमन्त्री सुधन गुरुङको दाबी

अ+ अ-

काठमाडौँ । पुर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङले आगामी सरकारले राजनीतिक पक्ष-विपक्षको आधारमा नभई समान रूपमा सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्ने दाबी गरेका छन्।

धादिङस्थित क्रिक रिसोर्टमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले स्थानीय तहदेखि उच्च पदस्थ जनप्रतिनिधिसम्म सम्पत्ति विवरणमाथि कठोर जाँच प्रक्रिया अघि बढाइने संकेत गरे। उनका अनुसार वडाध्यक्षदेखि मेयरसम्मका पदाधिकारीहरू समेत छानबिनको दायरामा पर्नेछन्।

गुरुङले भ्रष्टाचार नियन्त्रणका लागि कडाइ आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि व्यक्तिलाई राजनीतिक आस्थाका आधारमा उन्मुक्ति नदिइने बताए। उनले सम्पत्ति विवरण तथा स्रोतबारे विस्तृत जाँच गर्दा कतिपयले अनियमितता भएको विषय ढिलो भए पनि स्वीकार गर्नुपर्ने अवस्था आउने टिप्पणी गरे।

आफ्नै अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले सरकारले विपक्षी मात्र होइन, आफ्नै समर्थक तथा पार्टीका प्रतिनिधिमाथि पनि समान रूपमा अनुसन्धान अघि बढाउने उल्लेख गरे। उनका अनुसार आन्दोलन र संघर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई संरक्षण गर्न कडा नीति आवश्यक रहेको छ।

उनले कुनै पनि व्यक्ति पूर्ण रूपमा दोषरहित नहुने भएकाले कानुनी संरचना सबैमा समान रूपमा लागू हुनुपर्ने धारणा राखे। उनका अनुसार भविष्यमा रास्वपाका जनप्रतिनिधि पनि छानबिनको दायरामा पर्न सक्ने भएकाले नियम निर्माणमा कडाइ अनिवार्य छ।

गुरुङले सम्पत्ति छानबिन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी नीति कमजोर बनेमा प्रणालीमै कमजोरी आउने भन्दै सबै पक्षलाई समान रूपमा जिम्मेवार बनाउने कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिएका छन्।

0 Comments