२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्मी बढेपछि नेपालगन्ज र खजुराका विद्यालय बिदा

अ+ अ-

नेपालगन्ज । गर्मी अत्यधिक बढेपछि बाँकेका दुई स्थानीय तहले विद्यालयमा गर्मी बिदा दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका र खजुरा गाउँपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयमा गर्मी बिदा दिएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा यही जेठ २६ देखि २९ गतेसम्म विद्यालय बन्द गरेको शिक्षा महाशाखाका उपसचिव गोर्खबहादुर थापाले जानकारी दिए । उनका अनुसार  नेपालगन्जका ४२ सामुदायिक, संस्थागत ८२ र धार्मिक ३९ विद्यालयमा गर्मी बिदा दिने निर्णय गरिएको हो ।

खजुरा गाउँपालिकामा पनि यही जेठ २७ देखि ३१ गतेसम्म गर्मी बिदा दिइएको खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।

केही दिनयता बाँकेसहित तराईका जिल्लामा उच्च तापक्रम र तातो हावाले जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार आजको अधिकतम तापक्रम नेपालगन्जमा ४१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले खजुरामा ४० दशमलव सात  र कोहलपुरमा ४१ दशमलव दुई अधिकतम तापक्रम ‘रेकर्ड’ भएको जानकारी दिए ।

0 Comments