२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले ‘टोल टोलमा फिल्म महोत्सव’ गर्दै

अ+ अ-

काठमाडौँ । चलचित्रका पेसाकर्मीलाई समुदायसँग जोड्ने र समुदायका तर्फबाट सम्मान गर्ने कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ गर्ने भएको छ ।

सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगलतले ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रमले चलचित्र क्षेत्रका सबै विधालाई समुदायसँग जोड्ने बताए ।

कामनपाको सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याउन लागेको ‘टोल टोलमा फिल्म फेस्टिभल’ कार्यक्रमको अपेक्षित नतिजाका विषयमा कुरा गर्दै उनले फिल्म क्षेत्रलाई सम्मानित पेसाका रूपमा समुदायमा परिचित गराउनुपर्ने बताए।

समुदाय स्तरमा फिल्म महोत्सवका कार्यक्रम सञ्चालन व्यवस्थापन गर्न कामनपाले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आबद्ध गैरनाफामूलक संघ-संस्था, युथ क्लब, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह, पुच:लाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

फिल्म देखाइने स्थानहरू परम्परागत टोल, वहा:, वही, चोक, ननी, एम्पीथिएटर, पार्कजस्ता खुला स्थान हुने छन् । यस प्रयोजनका लागि कामनपाले खुला प्रस्ताव आह्वान गरेको छ । जेठ २७ गते राति १२:०० बजे अगाडि इच्छुकले कामनपाको वेबसाइटमा दिइएको ठेगानाबाट प्रस्ताव दिन सक्ने छन् ।

समुदायस्तरको कार्यक्रम भएकाले व्यवस्थापनमा सहकार्य गर्न इच्छुक संघ-संस्थालाई प्रस्ताव पेस गर्न विभागका प्रमुख कुमारी राईले आग्रह गरे ।

चलचित्रको गुणस्तर, विषयवस्तु, प्रस्तुतीकरणजस्ता विषय छनोट गर्न, कार्यक्रमलाई उद्देश्यमूलक बनाउने उद्देश्यले निगरानी, नियमन तथा नियन्त्रण गर्न संगतको संयोजकत्वमा समिति गठन भएको छ ।

0 Comments