काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिमा १५ जना सदस्य मनोनयन गरिएको छ।
सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को प्रावधानअनुसार उक्त समितिमा सदस्यहरू चयन गरिएको जानकारी आज बसेको बैठकमा दिएका हुन्।
उनका अनुसार समितिमा अच्चयुतम लामिछाने, आरेन राई, ऐन महर, कवीन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुस्बु ओली, देवराज पाठक, निश्कल राई, निशा डाँगी, प्रकाशचन्द्र परियार, बासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिन आचार्यलाई मनोनयन गरिएको छ।







