२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन् । गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पाल्हीनन्दन गाउँपालिकाका किसान यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन् ।

‘नहरमा पानी आएपछि धान खेती गर्न रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ,’ पाल्हीनन्दन –४ पाल्हीमा खेत रोपाइँ गरिरहेका किसान रामसिंह कुर्मीले भने, ‘कतिपय किसानको बीउ छोटो भए पनि नहरमा पानी आएपछि रोपाइँ सुरु गरेका छन् । नहरको पानीका भरमा रोपाइँ गर्नुपर्ने अवस्थाका कारण यस वर्ष नहरको पानी समयमा नै आएकाले रोपाइँ गर्न थालेका हौँ । खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति पनि छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नै पर्‍यो, गत वर्ष पनि मल पर्याप्त नपाएर धान उत्पादन घट्छकी किसानहरूलाई चिन्ता लागेको थियो । यस वर्ष पनि त्यस्तै छ ।’

रोपाहार नपाउँदा कतिपय किसान घरमा भएका जनशक्ति नै रोपाइँमा जुटेका छन् । गतका वर्षजस्तै यस वर्ष पनि पानी पर्ला भनेर छिट्टो धानको बीउ राखेर किसानले छिटो नै रोप्न थालेका छन् ।

नवलपरासीको पाल्हीमा धान रोपाइँ गर्दै गरेका किसान त्रिभुवन कुर्मीले भने । बीउ छोटो भए पनि खेतको छेउछाउका किसान रोप्न थालेको देखेर खेतमा ट्याक्टर जाने बाटो बन्द हुन्छ भनेर छोटो बीउ नै रोप्न थालेको बताए । अहिले यति बेला पश्चिम गण्डक नहरको उत्तरतर्फ नजिक रहेका र दक्षिणतर्फका अकिांश खेतमा किसानहरूले रोपाइँ गरिरहेका छन् ।

‘यस वर्ष गण्डक नहरमा पानी खोल्दा ३२ किमी गण्डक नहरमा ३६ घण्टामै नहर भरी पानी पुगेको आफूलाई जानकारी आएपछि नहरको पानीबाट किसानले धान रोपाइँ गरेर लाभ लिनु भएछ,’ पश्चिम गण्डक नहरका प्रमुख तिलकराम बुढाथोकीले जानकारी दिए ।

0 Comments