२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयमा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयलाई लिएर प्रतिनिधि सभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको र स्थानीय बासिन्दाले त्यसको प्रतिवाद गरेको घटनाप्रति सरकारको ध्यान जानुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले प्रश्न गरे, “नेपाल सरकार के हेरेर बसेको छ ?”

प्रधानमन्त्री बालेन शाहले यसअघि नेपालले पनि भारतको केही भूभाग मिचेको अभिव्यक्ति दिएको प्रसङ्ग उल्लेख गर्दै महरले सुस्तामा भारतीय सीमा सुरक्षा बलको प्रवेशबारे सरकारको स्पष्ट धारणा माग गरेका हुन्।

यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले पनि उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। उनले भारतीय सशस्त्र सीमा बलका सदस्यहरूले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको र त्यसको विरोधमा स्थानीय बासिन्दा उत्रिएको भिडियो सार्वजनिक भएको बताएका छन्।

“सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइमाथि हप्कीदप्की गरेको र आफ्नो भूमिको रक्षाका लागि स्थानीय बासिन्दा प्रतिरोधमा उत्रिएको भिडियो सार्वजनिक भएको छ,” नेता साम्पाङले भने।

उनले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताउँदै रक्षा मन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखसँग आग्रह गरे। “प्रधानमन्त्रीज्यू आउनुहुन्न भने रक्षा मन्त्रीलाई बोलाइदिनुस्। सभामुख महोदयले रुलिङ गरेर रक्षा मन्त्रीलाई सदनमा उपस्थित गराइदिनुपर्‍यो। हामी केही प्रश्न सोध्न चाहन्छौँ,” उनले भने।

Leave a Reply