२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व सचिव बिन्द्रा हाडा भट्टराई ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त

अ+ अ-

काठमाडौँ । पूर्व सचिव एवं पूर्व आयुक्त बिन्द्रा हाडा भट्टराई ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्य (स्वतन्त्र सञ्चालक) मा नियुक्त भएकी छिन् ।

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहबीच सञ्चालक समितिमा स्वागत गरेको बैंकले जनाएको छ।

सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव हासिल गरेकी भट्टराईले नेपाल सरकारका विभिन्न निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छिन् । उनी राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्त हुन भने नेपाल सरकारको सचिवका रूपमा समेत विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन् ।

भट्टराईले सिँचाइ मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका निकायमा रही काम गरेको अनुभव छ। 

उनले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी छिन् । साथै अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी (ट्रेड एन्ड फाइनान्स) र ड्युक युनिभर्सिटीबाट नन–प्रफिट म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गरेकी छिन् ।

हाल भट्टराई साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टकी कार्यकारी सदस्य तथा प्रोफेसनल होल्डिङ्सको स्वतन्त्र सञ्चालकका रूपमा आबद्ध छिन् । भट्टराईको नियुक्तिसँगै बैंकको व्यावसायिक रणनीति, संस्थागत सुशासन, सामाजिक उत्तरदायित्व तथा दिगो विकासका लक्ष्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

स्वागत कार्यक्रममा बैंकका अन्य सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

0 Comments