२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सभा बैठकमा वार्षिक प्रतिवेदन पेस

अ+ अ-

विराटनगर । कोशी प्रदेश सभाको आजको बैठकमा महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को आठौँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले उक्त प्रतिवेदन पेस गरेपछि सभामुख अम्बरबहादुर विष्टले आवश्यक छलफलका लागि सार्वजनिक लेखा समितिमा पठाउने जानकारी सदनलाई दिए । 

 बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट राजन कार्कीले किमाथांका मार्गलाई व्यवस्थित गर्न सरकारसँग माग गरे । उनले किमाथांका सडक कोशी प्रदेशका निम्ति समृद्ध र विकासका आधार बन्ने भएकाले प्रदेश सरकारले उक्त मार्ग व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

 तिब्बत र चीनसँग व्यापार विस्तार गर्न किमाथांका नाकासँगै भन्सार, अध्यागमन र क्वारेनटाइन कार्यालयलाई व्यवस्थित गर्नुपर्ने भन्दै उनले यो नाका कोशी प्रदेशको विकासका लागि उत्तरी ढोका हो भने ।

बैठकको शून्य समयमा प्रदेशसभा सदस्य गोम्बू शेर्पाले आगामीमा आर्थिक वर्षको बजेट सरकारले कुनै पनि किसिमको त्रुटी गर्ने छुट नभएको बताइन् । सदस्य मीन श्रेष्ठले नेपाल–भारतको सीमामा हुने अवैध क्रियाकलापलाई रोक्न स्थानीय जनताले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । 

 सदस्य किशोरचन्द्र दुलालले नेपाली जनता दिनप्रतिदिन महँगीको मारमा परिरहेकाले यसबाट जोगाउन सरकारले प्रभावकारी योजनासहित आवश्यक कदम चाल्नुपर्ने सुझाव दिए । सदस्य गोपालबहादुर विश्वकर्माले आगामी बजेट जनता केन्द्रित बनाउन माग गरे । प्रदेशसभाको अर्को बैठक शनिबार अपराह्न ३:०० बजे बस्नेछ ।

0 Comments