१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव-वन्यजन्तु द्वन्द्व

अ+ अ-

बाँके । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुगेको छ । निकुञ्जले ३० वटा कृत्रिम पोखरी निर्माणले चुरे तथा भावर क्षेत्रमा वर्षौँदेखि रहँदै आएको पानी अभावको समस्या समाधान हुनाका साथै मानव–वन्यजन्तु द्वन्द्व घटेको जनाएको छ ।

निकुञ्जभित्रै बाह्रै महिना पानी उपलब्ध हुन थालेपछि पानीको खोजीमा मानव बस्तीसम्म पुग्ने वन्यजन्तुको सङ्ख्या घटेको निकुञ्जको भनाइ छ । निकुञ्जभित्र बसोबास गर्ने वन्यजन्तुको अवस्थासमेत सुधारिएको निकुञ्जका प्रमुख एवं बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

बाघको बासस्थान विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज चुरे र भावर पारिस्थितिक प्रणालीको प्रतिनिधि क्षेत्र हो । यहाँको भौगोलिक बनावटका कारण सतहमा पानीको उपलब्धता न्यून रहने भएकाले सुक्खायाममा वन्यजन्तुले पानीको अभाव झेल्ने गरेका थिए । निकुञ्चमा प्राकृतिक रूपमा पानीको मुहान चगाई नाला र मुगुवा खोला रहेका छन् । यसबाहेक वर्षभरि पानी रहने भरपर्दो प्राकृतिक स्रोत नहुँदा वन्यजन्तु पानीको खोजीमा निकुञ्ज बाहिर निस्कने अवस्था थियो ।

यस समस्यालाई समाधान गर्न निकुञ्जले सौर्य ऊर्जामा आधारित डिप बोरिङ प्रणाली जडान गरी कृत्रिम पोखरीहरूमा पानी भर्ने व्यवस्था गरेको छ । यस प्रविधिमार्फत निकुञ्जको करिब ७२ किलोमिटर क्षेत्रमा पानीको उपलब्धता सुनिश्चित गरिएको छ ।

पानीसँगै घाँसे मैदानको व्यवस्थापनमा सुधार भएपछि वन्यजन्तुका लागि आवश्यक आहारा र बासस्थान दुवैको अवस्था सुदृढ बनेको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्जभित्र पानी र आहाराको पर्याप्त व्यवस्था भएपछि बाघको मुख्य आहारा मानिने चितल, चौका, रतुवा, नीलगाई र जरायोलगायत वन्यजन्तुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आहारा प्रजातिको वृद्धि भएसँगै बाघ संरक्षणमा समेत सकारात्मक प्रभाव परेको उनले बताए ।

विगतमा पानी र आहाराको अभावका कारण बाँके, दाङ र सल्ल्यानका मध्यवर्ती क्षेत्रका गाउँ बस्तीमा पुग्ने वन्यजन्तु अहिले निकुञ्जको कोर क्षेत्रमै केन्द्रित हुन थालेका छन् । यसले मानव–वन्यजन्तु द्वन्द्व घटाउनाका साथै स्थानीय बासिन्दामा सुरक्षा र विश्वासको भावना बढाएको उनले बताए ।

“कृत्रिम पोखरी निर्माणको यो अभ्यासले वन्यजन्तु संरक्षण, पारिस्थितिक सन्तुलन र स्थानीय समुदायको सुरक्षालाई एकसाथ मजबुत बनाएको छ,” निकुञ्ज प्रमुख कँडेलले भने। उनका अनुसार निकुञ्जको यो प्रयासलाई चुरे तथा भावर क्षेत्रका अन्य संरक्षण कार्यक्रमका लागि उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ ।

0 Comments