२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईभी हाईसको ठक्करबाट एक महिलाको मृत्यु, अर्की गम्भीर घाइते

अ+ अ-

सर्लाही। सर्लाहीको बागमती नगरपालिका-९ स्थित निर्माण चोकमा टोचनले तानिएको ईभी हाईसले दुई जना पैदलयात्रुलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमका अनुसार आइतबार बिहान करिब ६:१० बजे बरहथवाबाट निर्माण चोकतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले बिग्रिएको बा.प्र.०३–००१ ज ०७७६ नम्बरको ईभी हाईसलाई टोचनमार्फत तानेर ल्याइरहेको अवस्थामा दुर्घटना भएको हो ।

दुर्घटनामा बागमती नगरपालिका–९ निवासी ५५ वर्षीया जयकुमारी देवी र बागमती नगरपालिका–१० निवासी ४० वर्षीया पुनमदेवी यादव घाइते भएका थिए । दुवैको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज पठाइएको थियो । उपचारकै क्रममा जयकुमारी देवीलाई प्रादेशिक अस्पताल कलैया, बारामा चिकित्सकले मृत घोषणा गरेका छन् । दुर्घटनामा गम्भीर घाइते पुनमदेवी यादवको राजलक्ष्मी अस्पताल, कलैयामा उपचार भइरहेको डिएसपी गौतमले बताएका छन् ।

घटनापछि ईभी हाईस चालक सर्लाहीको हरिवन नगरपालिका–७ निवासी ४० वर्षीय देवेन्द्र ठाकुर र अटो चालक बरहथवा नगरपालिका–१३ निवासी ३३ वर्षीय विकासकुमार झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधन समेत नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments