२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘देश बनाउने टोली’ भन्दै गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक गरे बालेनले

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको संयुक्त तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

आइतबार साँझ फेसबुकमा तस्वीर पोस्ट गर्दै प्रधानमन्त्री शाहले ‘प्रधानमन्त्री, गृहमन्त्री, पूर्वाधारमन्त्री -देश बनाउने टोली !’ लेखेका छन् । सार्वजनिक गरिएको तस्वीरमा प्रधानमन्त्री शाह दुवै मन्त्री सँगसँगै देखिएका छन् ।

प्रधानमन्त्रीको उक्त पोस्ट मन्त्रिपरिषद् पुनर्गठनपछि सार्वजनिक भएको हो । तस्वीरमा रहेका गृहमन्त्री गुरुङ केही दिनअघि मात्रै पुन: गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन् । सम्पत्तिसम्बन्धी विषयमा प्रश्न उठेपछि उनले गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । त्यसयता गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका थिए ।

गत साता मन्त्रिपरिषद्को पुनर्गठनपछि गुरुङ पुन: गृहमन्त्री नियुक्त भएका थिए भने लम्साल भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन् । दुवै मन्त्री प्रधानमन्त्री शाह निकट मानिने नेताका रूपमा समेत चिनिन्छन् ।

प्रधानमन्त्रीले सार्वजनिक गरेको तस्वीर र त्यससँगै राखिएको टिप्पणीलाई सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर र कमेन्ट देखिएको छ । पोस्ट सार्वजनिक भएपछि प्रयोगकर्ताहरूले विभिन्न टिप्पणीसमेत गरेका छन् ।

प्रधानमन्त्री शाहले भने तस्वीरसँगै थप कुनै राजनीतिक वा नीतिगत टिप्पणी गरेका छैनन् । उनले सार्वजनिक गरेको तस्वीरमा ‘देश बनाउने टोली’ भन्ने संक्षिप्त क्याप्सन मात्र उल्लेख गरेका छन् ।

0 Comments