काठमाडौँ । उपप्रमुखबाट दुर्व्यवहार भएको भन्दै शिक्षा अधिकृतले कारबाहीको माग गरेका छन् ।
कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षा अधिकृत बलिराज शाहीले नगर उपप्रमुख गणेशबहादुर शाहीबाट कार्यालय समयमा गालीगलौज, अपशब्द प्रयोग तथा हातपातको प्रयास भएको आरोप लगाउँदै आवश्यक कारबाहीको माग गरेका छन्।
शिक्षा अधिकृत शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै दिएको निवेदनमा असार १ गते सोमबार करिब ११:३० बजे कार्यालयमै काम गरिरहेका बेला उपप्रमुख शाही आफ्नो कार्यकक्षमा आएर दुर्व्यवहार गरेको उल्लेख गरेका छन्। उक्त घटनापछि समस्या समाधानका लागि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेको अवस्थामा समेत सोही प्रकारको व्यवहार दोहोरिएको उनको दाबी छ।
निवेदनमा शिक्षा अधिकृत शाहीले आफूले प्रचलित ऐन, कानुन तथा आफ्नो जिम्मेवारीअनुसार काम गर्दै आएको भए पनि नियम विपरीतका काम किन नगरेको भन्दै उपप्रमुखले पटक(पटक भेटघाट र टेलिफोनमार्फत दबाब दिने गरेको उल्लेख गरेका छन्।
उपप्रमुखले नगर उपप्रमुख छात्रवृत्ति कोष तथा आर्थिक वर्ष २०८१र८२ को शिक्षण सहयोग अनुदान ९सशर्त० शीर्षकको रकम असुलउपर नगरेको विषयमा गुनासो गर्दै आएको र ती विषय कानुनअनुसार भएरनभएको छानबिन गरी आवश्यक कारबाही गर्न उनले माग गरेका छन्।
शिक्षा अधिकृत शाहीले कार्यालयको अभिभावक मानिने जनप्रतिनिधिबाटै यस्तो व्यवहार हुँदा आफू असुरक्षित महसुस गरेको जनाउँदै समस्या समाधान नभएसम्म सेवा प्रवाह गर्न कठिन हुने समेत उल्लेख गरेका छन्।







