२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिया निर्यात अवरोध समाधानमा सरकार उदासीन रहेको काँग्रेस सचेतक राईको आरोप

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निष्कल राईले नेपाली चिया निर्यातमा देखिएका समस्याप्रति सरकारले पर्याप्त चासो नदेखाएको आरोप लगाएका छन्।

उनका अनुसार अन्तर्राष्ट्रिय बजार विस्तारका लागि आवश्यक पहल कमजोर हुँदा किसान र व्यवसायी प्रभावित भएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले विशेषगरी इलामलगायत पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुने चियाको गुणस्तर उच्च भए पनि भारततर्फ निर्यातका क्रममा विभिन्न अवरोधहरू सिर्जना भइरहेको बताए।

उनका अनुसार भारतीय बजार प्रवेशपछि नेपाली चियालाई पुनः परीक्षण गर्ने प्रक्रिया अपनाइँदा निर्यातकर्ताहरूले लामो समयसम्म सामान रोक्नुपर्ने बाध्यता छ, जसले आर्थिक रूपमा ठूलो क्षति पुर्‍याइरहेको छ।

राईले निरन्तर हुने परीक्षण र त्यसबाट आउने परिणामका कारण नेपाली चियाको बजार विस्तारमा नकारात्मक असर परेको उल्लेख गर्दै समस्या समाधानका लागि नेपाल–भारतबीच उच्चस्तरीय कूटनीतिक संवाद आवश्यक रहेको बताए।

उनले चिया परीक्षणका लागि नेपालमै भरपर्दो प्रयोगशाला तथा संरचना विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्वदेशमै गुणस्तर परीक्षण प्रणाली बलियो बनाउनुपर्ने सुझाव दिए।

चिया किसान र व्यवसायीहरू आन्दोलनमा जाने तयारीमा रहेको सन्दर्भ उल्लेख गर्दै राईले सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।

चिया खेतीसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताउँदै उनले किसानका समस्या प्रत्यक्ष रूपमा बुझेको उल्लेख गरे। उनले चिया क्षेत्रको समस्या समाधानका लागि सरकार र प्रतिपक्षबीच सहकार्य अपरिहार्य रहेको धारणा पनि राखेका छन्।

Leave a Reply