२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद्को जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन सबै सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । 

आज सिंहदरबारमा मनसुन पूर्वतयारी र प्रतिकार्यका विषयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री गुरुङले बाढी, पहिरो, डुबान, सुक्खा क्षेत्रको सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन सबै सरोकार भएका निकायलाई निर्देशन दिएका हुन् ।

विपद्को सूचना छिटोभन्दा छिटो सर्वसाधारणमा पुर्‍याउनु पहिलो आवश्यकता रहेको भन्दै मन्त्री गुरुङले विपद् हुनासाथ तत्काल प्रतिकार्यमा सबै जुट्न सक्ने गरी संयन्त्र बनाउन पनि निर्देशन दिए । उनले सूचना सञ्चारको कामलाई व्यवस्थित बनाउनुपर्ने, निकाय, विभाग र संस्थाहरूबीचको आन्तरिक सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने, अस्थायी आश्रयस्थल र राहत वितरणको कार्य गर्दा विशेष प्रकारका नागरिकलाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्नुपर्नेलगायत विषयमा जोड दिए ।

आजको छलफलमा विभिन्न ११ वटा विषयगत क्षेत्रका नेतृत्वकर्ता सरकारी मन्त्रालय/निकाय र सह(नेतृत्वकर्ता, संयुक्त राष्ट्रसङ्घीय निकाय, नेपाल रेडक्रसका साथै तीनवटै सुरक्षा निकाय र अन्य सरोकार भएका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।

छलफलमा विषयगत क्षेत्रका प्रतिनिधिहरूले विशेष गरी मनसुन अवधिका लागि आ(आफ्नो विषयगत क्षेत्रबाट भएको पूर्वतयारी र भइरहेका कामका बारेमा जानकारी गराएका थिए । सो क्रममा यस वर्षको मनसुनमा कम वर्षा हुने र गर्मी पनि बढ्ने पूर्वानुमान गरिएको विषयमा छलफल गरिएको थियो । 

0 Comments