१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारामा यात्रुवाहक बस पल्टिँदा ११ जना घाइते, एकको अवस्था गम्भीर

अ+ अ-

काठमाडौँ । जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका १० नितनपुर चोकस्थित वीरगञ्ज–पथलैया सडक खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

शनिबार बिहान करिब ११ बजे वीरगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–१ बस्ने ४२ वर्षीय कमलेश यादव, उनकी श्रीमती ३४ वर्षीया रुबी यादव र १५ वर्षीया छोरी शिवानी यादव, पर्सा वीरगञ्ज महानगरपालिका–१३ बस्ने ६४ वर्षीय रामनरेश प्रसाद, सप्तरी कञ्चनरुप नगरपालिका–१ बस्ने ४७ वर्षीय सहचालक नरेश पंजियार, पर्सा पकाहा मैनपुर गाउँपालिका–५ बस्ने २८ वर्षीय धनञ्जय प्रसाद चौरसिया, पर्सा बहुदरमाई नगरपालिका–२ बस्ने ३४ वर्षीया सुनिता यादव, सिराहा कर्जन्हा नगरपालिका–११ बस्ने ६२ वर्षीय चिनीलाल श्रेष्ठ, बारा जितपुरसिमरा उपमहानगरपालिका–३ बस्ने ४० वर्षीय चन्द्र तामाङ, रौतहट चन्द्रपुर नगरपालिका–६ बस्ने ४५ वर्षीया दिपा घिमिरे तथा ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय अमित कुमार गुप्ता घाइते भएका छन् ।

घाइतेहरूको नेशनल मेडिकल कलेज वीरगञ्ज, तराई अस्पताल वीरगञ्ज तथा अन्य स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

बस चालक फरार रहेकाले खोजी भइ रहेको र दुर्घटनाबारे थप अनुसन्धान जारी छ ।

0 Comments