६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी समात्यो

अ+ अ-

काठमाडौँ । गोली चलाएर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने क्रममा एक जना कारोबारी घाइते भएका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुवनी जिल्ला, पौदमाहा ग्रामपञ्चायत–२ जोगिया निवासी छोटु भन्ने रञ्जित कुमार पासवान र अर्का १६ वर्षीय भारतीय बालक रहेका छन् ।

उनीहरूको साथबाट प्लास्टिकसहित १०१ ग्राम ६ मिलिग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरहा नगरपालिका–२१ लगडीगोठस्थित भारतीय सीमावर्ती क्षेत्रमा लागू औषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो । त्यस क्रममा चारदेखि पाँच जनाको समूहमा रहेका कारोबारीहरूले प्रहरीमाथि नै ढुंगामुढा गरेका थिए ।

सुरुमा हवाइ फायर गरिएको र त्यसपछि भाग्न खोजेपछि घुँडामुनि गोली प्रहार गरिएको बताइएको छ । प्रहरीका अनुसार रञ्जित कुमार पासवान नेपाली लागू औषध कारोबारीहरूलाई ब्राउन सुगर आपूर्ति गर्ने मुख्य भारतीय सप्लायरमध्ये एक हुन् । उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

0 Comments