६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

अ+ अ-

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४ का लागि करिब रु ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिका उपप्रमुख स्वस्थानी रिजालले १३ औँ नगर अधिवेशनका अवसरमा आइतबार रु ८९ करोड ९९ लाखको बजेट प्रस्तुत गरेकी छन् । 

नगरपालिकाले ‘समृद्ध सुन्दर कुश्मा नगर’ निर्माणको दीर्घकालीन लक्ष्यलाई आधार बनाएर पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा सुशासनलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरेको जनाएको छ ।

प्रस्तुत बजेटमध्ये चालुतर्फ ५३ दशमलव २५ प्रतिशत र पुँजीगततर्फ ४६ दशमलव ७५ प्रतिशत रकम विनियोजन गरिएको छ ।

 बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा मौज्दात रकमलाई स्रोतका रूपमा अनुमान गरिएको उपप्रमुख रिजालले जानकारी दिइन् । 

नगर सभाले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधारतर्फ निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन सम्पन्न गर्न रु दुई करोड विनियोजन गरेको छ । 

वडा तहका सडक, खानेपानी तथा सिँचाइ आयोजनाका लागि रु सात करोड ५० लाख बजेट व्यवस्था गरिएको छ । 

वडा नं ९ मा सञ्चालन हुने ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत कटुवाचौपारी–मल्याङ्दीखोला लिफ्ट खानेपानी आयोजनाका लागि रु एक करोड विनियोजन गरिएको छ ।

कृषि उत्पादन वृद्धि तथा खाद्य सुरक्षालाई प्राथमिकता दिँदै कृषि यान्त्रीकरण र प्लाष्टिक टनेल विस्तार कार्यक्रमका लागि रु एक करोड ४५ लाख विनियोजन गरेको छ । 

शिक्षा क्षेत्रतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न रु १५ लाख, सामुदायिक विद्यालयका छात्रालाई नि:शुल्क स्यानिटरी प्याड वितरण गर्न रु १३ लाख ८१ हजार  तथा दिवा खाजा कार्यक्रमका लागि रु ७३ लाख एक हजार बजेट छुट्याइएको छ ।

यसैगरी पर्यटन प्रवर्द्धनका लागि गुप्तेश्वर धार्मिक पर्यटन प्रवर्द्धन केन्द्रमा रु ९० लाख  तथा लक्ष्मीनारायण मन्दिर (शालग्राम आश्रम) का लागि रु १० लाख बजेट विनियोजन गरिएको उपप्रमुख रिजालले जानकारी दिइन् । 

विपद् व्यवस्थापनका लागि रु ४० लाख तथा फोहोरमैला व्यवस्थापनका लागि रु ३० लाख छुट्याइएको छ । साथै स्थानीय सरकारको सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र जबाफदेही बनाउन आवश्यक बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले रु ८९ करोड ९७ लाख ४० हजार बजेट कार्यान्वयन गरिरहेको छ । असार ५ गतेसम्म रु ५५ करोड ८२ लाख ३६ हजार खर्च भई ६१।७४ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगरपालिकाको तथ्यांक रहेको छ । 

उपप्रमुख रिजालले बजेटले नगरवासीको विकास आकांक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै पूर्वाधार, उत्पादन, रोजगारी, शिक्षा र सामाजिक विकासमार्फत समृद्ध तथा सुन्दर कुश्मा निर्माणमा टेवा पुग्ने बताइन् । 

यस अघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरप्रमुख रामचन्द्र जोशीले प्रस्तुत गरेका थिए । 

 नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा नगरभित्र सडक, खानेपानी, सुशासन पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धन लाई मुख्य जोड दिइएको छ । 

सबैभन्दा बढी जोड संस्थागत सुदृढीकरण, डिजिटल प्रशासन र पूर्वाधार विकासमा दिइएको छ भने आर्थिक समृद्धिको माध्यमका रूपमा कृषि र पर्यटनलाई अगाडि सारिएको छ । 

जिल्लाका सात स्थानीय तहमध्ये पहिलो पटक कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । 

0 Comments