२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि चितवनस्थित एक होटेलका कुक (भान्छे) र होटेल म्यानेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रशासन विशेष ब्युरो स्रोतका अनुसार गृहमन्त्री गुरुङले चितवनस्थित एक होटलमा नास्ताका रूपमा अम्लेट खाइरहेका बेला त्यसमा माछाको काँडा भेटिएको थियो। गृहमन्त्रीकै थालमा उक्त वस्तु भेटिएपछि घटनालाई गम्भीर रूपमा लिँदै प्रशासनले होटेलका कुक र जनरल म्यानेजर (जीएम) लाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ।

यद्यपि, केही समयपछि गृहमन्त्री गुरुङ स्वयंले घटनालाई लिएर आवश्यक जरिवाना गरी सम्बन्धित व्यक्तिहरूलाई छाड्न निर्देशन दिएपछि सोही प्रक्रिया अघि बढाइएको स्रोतको भनाई छ। हाल उनीहरूलाई खाद्य स्वच्छता र उपभोक्ता सुरक्षासम्बन्धी प्रचलित कानुनअनुसार जरिवाना गर्ने तयारी भइरहेको छ।

गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्। उनी विमानस्थल नजिकै रहेको एक होटलमा बसेका बेला उक्त घटना भएको जनाइएको छ।

पछिल्लो समय होटेल तथा रेस्टुरेन्टमा खाद्य सामग्रीको गुणस्तर, सरसफाइ र पकाउने प्रक्रियामा हुने लापरवाहीका घटनाप्रति उपभोक्ताको गुनासो बढ्दै गएको छ। भान्साको सरसफाइ, पुनः प्रयोग गरिने तेल, म्याद नाघेका सामग्री तथा अर्डरअनुसारको परिकार नपस्किने जस्ता विषय बेलाबेला सार्वजनिक हुँदै आएका छन्।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका यस्ता विषयमा सम्बन्धित निकायले नियमित अनुगमन र कडा कारबाही गर्नुपर्ने माग पनि उठ्दै आएको छ।

0 Comments